राष्ट्रिय युवा परिषद् को केन्द्रीय समितिमा विस्तार, तीन सदस्यले लिए सपथ

राष्ट्रिय युवा परिषद् को केन्द्रीय समितिमा विस्तार, तीन सदस्यले लिए सपथ
प्रकाशित : :

काठमाडौं: राष्ट्रिय युवा परिषद् को केन्द्रीय समितिमा विस्तार भएको छ। परिषद्का केन्द्रीय सदस्यका रूपमा सुदूरपश्चिम प्रदेशबाट जय धामी, ओखलढुंगाबाट प्रसन्न ढुंगेल तथा काठमाडौंबाट संगिता श्रेष्ठ ले आज औपचारिक रूपमा सपथ ग्रहण गरेका छन्।

युवा तथा खेलकुद मन्त्री बाबुल गुप्ताको कार्यकालमा उनीहरूलाई केन्द्रीय सदस्यका रूपमा नियुक्त गरी सपथ गराइएको हो। नवनियुक्त सदस्यहरू आ–आफ्नो क्षेत्रबाट युवा नेतृत्व, सामाजिक अभियान तथा उद्यमशीलता प्रवर्द्धनमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्।

सपथ ग्रहण कार्यक्रमपछि आजै राष्ट्रिय युवा परिषद् को बोर्ड बैठकसमेत सम्पन्न भएको छ। बैठकमा युवासम्बन्धी नीति, कार्यक्रम, परिषद्को कार्यदिशा तथा आगामी योजनाबारे विस्तृत छलफल गरिएको परिषद् स्रोतले जनाएको छ।

नवनियुक्त केन्द्रीय सदस्यहरूले आगामी दिनमा युवा सशक्तीकरण, उद्यमशीलता विकास तथा प्रभावकारी युवा नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट