धनगढी डान्स च्याम्पियनसिप सिजन–४ सम्पन्न, परिधि दाहाल र सुशान्त धामी बने विजेता

धनगढी डान्स च्याम्पियनसिप सिजन–४ सम्पन्न, परिधि दाहाल र सुशान्त धामी बने विजेता
प्रकाशित : :

धनगढी : धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को ग्रान्ड फिनाले कार्यक्रम धनगढी स्थित वैभव पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। शुक्रवार सम्पन्न फिनाले कार्यक्रममा नेपाली नाट्य क्षेत्रका चर्चित कलाकार सुनिल क्षेत्री प्रमुख निर्णायकका रूपमा उपस्थित थिए भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य रक्षा महरा रहेकी थिइन् ।

चौथो सिजनका सात फाईनलीस्ट प्रतिस्पर्धीहरू मध्ये धनगढी–२ सन्तोषी टोल निवासी परिधि दाहाल र गुलरिया, कञ्चनपुर निवासी सुशान्त धामीले प्रथम स्थान हासिल गर्न सफल भएका छन्। विजेता बनेका दुवैले जनही नगद रु. २,११,१११ / रु. २,११,१११ सहित ट्रफी, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

कैलाली विद्या निकेतनमा अध्ययनरत धनगढी–७ जाखोर ताल निवासी हनिस मौनीले द्वितीय स्थान हासिल गरेका छन्। उनले नगद रु. १,११,१११ सहित ट्रफी, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

यस्तै, हाल चैतन्य पाठशालामा कक्षा ११ मा अध्ययनरत तनुजा थापाले तृतीय स्थान हासिल गरेकी छन्। उनले नगद रु. ६१,१११ सहित ट्रफी, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्।

धनगढी डान्स च्याम्पियनसिप सिजन–४ का विजेता तथा उप-विजेताहरूले विभिन्न डान्स क्लास निःशुल्क लिन पाउनुका साथै अफिसियल म्युजिक भिडियो, कभर भिडियो लगायतका विभिन्न अवसरहरू प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ।

आयोजक संस्था ‘द ट्विन्स: अ कम्प्लिट इन्स्टिच्युट अफ डान्स’ का अध्यक्ष तथा धनगढी डान्स च्याम्पियनसिपका निर्देशक केशब बलायरले प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

PHOTO : SODHPATRA

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट