नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा गौतम, सचिवमा समर्पण

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा गौतम, सचिवमा समर्पण
प्रकाशित : :

धनगढीः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा वाशुदेव गौतम निर्वाचित भएका छन् । शनिवार सम्पन्न सातौँ साधारण सभा तथा चौथो प्रदेश अधिवेशनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन । 

डोटीको पिपल्ला बजारमा लामो समयदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय गौतमले पछिल्लो समय धनगढीमा पनि व्यवसाय विस्तार गरेका छन् ।

त्यस्तै प्रथम उपाध्यक्ष निलम राज जोशी ,द्वितीय उपाध्यक्ष गौरव बोहरा,सचिवमा डिल्लीराज ओझा समर्पण, कोषाध्यक्ष जनक राज भट्टराई,सह कोषाध्यक्ष खेमराज भट्ट,सह सचिव हरि भट्ट निर्वाचित भएका हुन । त्यस्तै सदस्यहरूमा नवराज भट्ट,विजेन्द्र चौधरी,केशव रावल,गजराज बोहरा र कृष्ण लामिछाने निर्वाचित भएका छन् । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्याम पाठकको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रदेश सभा सदस्य धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए । 

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति संयोजक अग्रज व्यवसायी वेद प्रकाश चुवाई , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सचिव शम्भु लामिछाने,केन्द्रीय सदस्यहरू योगेन्द्र शाही,शंकर कठायत र शंकर दत्त भट्ट,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष मेखराज दाहाल,मुद्रण व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष महेन्द्र शाही,कैलाली र कञ्चनपुर जिल्लाका अध्यक्ष र पदाधिकारीहरू तथा ७ पहाडी जिल्लाका अध्यक्ष र पदाधिकारीको उपस्थिति रहेको थियो । 

उक्त साधारण सभामा कार्यक्रममा ९ ओटै जिल्लाका एक एक जना पुराना व्यवसायीलाई दोसल्ला सहित सम्मान पनि गरिएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट