धनगढीमा जारी एसपिए लिटिल फ्लावर प्राइड लिगमा लिग चरणका खेलहरु सकिएका छन । सनिबार सुदूरपश्चिमाञ्चल एकेडेमीले घोडाघोडी क्रिकेट एकेडेमीलाई २४ रनले पराजित गरेसँगै लिग चरणका खेलहरु सकिएका हुन ।
एसपिए कलेजले दिएको १६६ रनको लक्ष्य पछ्याएको घोडाघोडी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ वकेट गुमाए र मात्र १४१ रन बनाउन सक्यो । उसका लागि दिपक टमाटाले सर्वाधिक ४२ रनको अविजित पारीखेले पनि टिमलाई जिताउन सकेनन । त्यस्तै दिनेश वडले २९ रन बनाउँदा संदिप बिष्ट २६ रनमा रनआउट भए । गोविन्द बिष्टलेले १२ रनको योगदान दिए ।
एसपिए कलेजका लागि किरन धामीले ३ विकेट लिए । ब्याटिङमा पनि १७ रनको योगदान दिएका धामी म्यान अफ दी म्याच चुनिऐ । त्यस्तै सुवोध तिवारी र विमल कटुवालले समान दुई दुई विकेट लिए ।
त्यसअघि फाप्ला खेल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसपिए कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो । एसपिए कलेजका लागि आशिष लुहारले १२ बलमा ३६ रनको आक्रामक पारी खेले । शंकर बोहराले ३५ रनको योगदान दिए भने गणेश थापाले अविजित २० तथा विपिन रावले १९ रन बनाए ।
घोडाघोडी क्रिकेट एकेडेमीका लागि गोविन्द बिष्ट र डबल ऐरले समान तीन तीन तथा दिपक टमाटा र शिशिर थापाले समान एक एक विकेट लिए ।
भोली सेमिफाइनलका खेलहरु हुने
एसपिए लिटिल फ्लावर प्राइड लिगका सेमिफाइनल खेलहरु भोली ४ गते आयोजना हुने भएका छन । पहिलो सेमिफाइनल बिहान ९ः३० बने राजपुर स्पोटर्स क्लबका विरुद्ध खप्तड इण्डोर क्रिकेट क्लब बीच हुनेछ भने दोश्रो सेमिफाइनल दिउँदो १ः३० बजे युथ अफ टिकापुरका विरुद्ध सुदूरपश्चिम बोइज होस्टेल खेल्नेछ । फाइनल खेल माघ ५ गते हुनेछ ।
प्रतियोगीताको विजेता टोलीले नगद ६०,०००,आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३०,००० प्राप्त गर्नेछ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीले नगद ४,०००,उदयमान खेलाडी,उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले समान दुई ÷ दुई हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १००० प्राप्त गर्ने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टस प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

















You must be logged in to post a comment.