धनगढी: सरस्वति पूजा, वसन्त पञ्चमीको अवसरमा अल स्टार एकेडेमीले आफ्ना प्रशिक्षार्थीहरूलाई ट्र्याकसुट, खेलकुद सामग्री तथा पठनपाठनका लागि आवश्यक स्टेशनरी सामग्री वितरण गरेको छ।
कार्यक्रम एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्कीको अध्यक्षता तथा संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले शिक्षा सँगसँगै खेलकुद र व्यवहारिक सीपको विकास आवश्यक रहेको बताए। उनले यस्ता सामग्री वितरणले प्रशिक्षार्थीहरूलाई नियमित अभ्यास र अध्ययनमा सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रममा प्रशिक्षार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले एकेडेमीले शिक्षा र खेलकुद क्षेत्रमा गर्दै आएको काम सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
अल स्टार एकेडेमीले शिक्षा, खेलकुद र व्यक्तित्व विकासलाई एकसाथ अघि बढाउने उद्देश्यसहित यस्ता कार्यक्रम समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ।











