बैतडी : बैतडीका श्रीभावर, ढोल्यामोड, बचपानी, भञ्ज्याङ, मोतिनगर र खोड्पे लगायतका उच्च पहाडी भूभागमा हिमपात भएको छ।
श्रीभावरका स्थानीय मोहन चन्दका अनुसार करिब तीन वर्षपछि गत शुक्रबार राति हिमपात भएको थियो।
त्यसपछि मंगलबार रातिबाट पुनः हिमपात सुरु भएको हो। हिमपातका कारण आलु, तरकारीलगायत हिउँदे बालीलाई राम्रो राहत पुगेको र यस वर्ष उत्पादन राम्रो हुने अनुमान गरिएको छ।
यातायात व्यवसायी कमल कुवरका अनुसार हिमपातले यातायात सेवा र दैनिक गतिविधिमा प्रभाव पारेको छ। बैतडी–बझाङका विभिन्न क्षेत्र जोड्ने जय पृथ्वी राजमार्ग आंशिक रूपमा बन्द रहेको उनले बताए।






