बैतडी: बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । पुर्चौडि- ७ भौउने बाट जन्ती बोकेर बझाङको बित्तडचिर जाँदै गरेको बस पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
पुर्घाट प्रहरी चौकी इन्चार्ज जनक ब. बिष्टका अनुसार ८ बजेको समयमा पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडबाट बस १५० मिटर तल खसेको हो ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । भने अहिले सम्मको जानकारी अनुसार ६ जनाको मृत्यु भैसकेको, घाइतेहरुको कोटिला स्वास्थ्य चौकीमा उपचार भैरहेको र प्रहरी र स्थानीय उद्धार कार्य गरिरहेका छन। गम्भीर घाइते समेत रहेका छन डडेल्धुरा अस्पताल लैजाने तयारी भैरहेको छ ।




