पुर्चौडि बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, ५० घाइते

पुर्चौडिमा जन्ती सवार बस दुर्घटना
प्रकाशित : :

बैतडी: बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। पुर्चौडी–७ भौउनेबाट जन्ती बोकेर बझाङको बित्तडचिर जाँदै गरेको बस पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पुर्घाट प्रहरी चौकी इन्चार्ज जनक ब. बिष्टका अनुसार बिहिबार साँझ करिब ८ बजेको समयमा बस सडकबाट करिब १५० मिटर तल खसेको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको कोटिला स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु घोषणा गरिएको छ। मृतकमध्ये १ महिला र ७ पुरुष रहेका छन्।

दुर्घटनामा गम्भीर घाइतेसहित करिब ५० जना घाइते भएका छन्। घाइतेहरूको कोटिला स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार भइरहेको छ। गम्भीर घाइतेहरूको थप उपचारका लागि डडेल्धुरा अस्पताल लैजान डिलेश्वरी नमुना माध्यमिक विद्यालय, हाटको बस घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट