धनगढीः नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को पहिलो राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता धनगढीमा आयोजना गरिएको छ । क्रिकेटको सहरका रूपमा परिचित धनगढीस्थित चन्द्रसूर्य खेलमैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार हुने छन्।
एक्यान कैलालीको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा एक्यान सेन्टर, रुपन्देही, बाँके र कैलाली गरी चार वटा टिम सहभागी छन्। प्रतियोगिताले देशभरका चार्टर्ड एकाउन्टेन्टहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ सुदूरपश्चिम प्रदेश प्रमुख सिए उमेश घिमिरेका अनुसार, प्रतियोगितामार्फत चार्टर्ड एकाउन्टेन्टहरूको सक्रिय सहभागिता, आपसी समन्वय र भूमिकालाई उजागर गर्ने लक्ष्य राखिएको छ।
“यो चुनावी माहौलमा चार्टर्ड एकाउन्टेन्टहरूको आवाज पनि समेटिनुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। आर्थिक पारदर्शिता, सुशासन र राष्ट्र निर्माणमा सिएहरूको भूमिकालाई खेलकुदको माध्यमबाट स्पष्ट रूपमा अघि ल्याउन खोजिएको छ,” घिमिरेले बताए।
आयोजकका अनुसार प्रतियोगिताले खेलकुद र पेशागत उत्तरदायित्वलाई एकै मञ्चमा जोड्दै एक्यानको पहिचान र सन्देशलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।









You must be logged in to post a comment.