EDAN द्वारा अत्तरिया स्थित दृष्टि फाउन्डेसन वृद्धा आश्रममा खाद्यान्न तथा न्यानो कपडा वितरण

EDAN द्वारा अत्तरिया स्थित दृष्टि फाउन्डेसन वृद्धा आश्रममा खाद्यान्न तथा न्यानो कपडा वितरण
प्रकाशित : :

अत्तरिया । पारि इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपाल (EDAN) ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अत्तरिया स्थित दृष्टि फाउन्डेसन नेपालद्वारा सञ्चालित वृद्धा आश्रममा खाद्यान्न, न्यानो कपडा तथा अन्य सामग्री वितरण गरेको छ।

सोमबार आयोजित विशेष कार्यक्रममा EDAN का अध्यक्ष टेकराज पनेरु लगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा भागेश्वर फ्लोर मिल अत्तरिया र प्रकाश किराना पसल धनगढीले खाद्यान्न सामग्रीमा विशेष सहयोग गरेका थिए भने अन्य कार्यसमिति सदस्यहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग प्रदान गरेका थिए।

यसै अवसरमा EDAN का कार्यसमिति सदस्य अंकित भण्डारीले आफ्नो जन्मदिन वृद्धा आश्रममै मनाउँदै न्यानो कपडा सहयोग गरेका थिए। साथै, संस्थाका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा अन्य सदस्यहरूले केही इलेक्ट्रोनिक्स सामग्री र फलफूलसमेत प्रदान गरेका थिए।

हाल १५ जना वृद्धवृद्धा तथा केही बालबालिका आश्रित रहेको उक्त आश्रम हालै मात्र सञ्चालनमा आएको हो। दाताहरूको सहयोगमा सञ्चालन भइरहेको आश्रमको बारेमा जानकारी दिँदै सञ्चालक कल्पना भट्टले भविष्यमा थप सहयोग आवश्यक रहेको बताइन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट