मुम्बई टुरको तेस्रो खेलमा रमित कार्कीको शतकीय पारी

मुम्बई टुरको तेस्रो खेलमा रमित कार्कीको शतकीय पारी
प्रकाशित : :

धनगढी : धनगढी क्रिकेट एकेडेमी (डीसीए) का रमित कार्कीले मुम्बई टुरको तेस्रो खेलमा उत्कृष्ट शतकीय पारी खेलेका छन्। मुम्बईको आजाद मैदानस्थित न्यू इरा पिचमा मारिया क्रिकेट एकेडेमीविरुद्धको खेलमा कार्कीले ११५ बलमा १३९ रनको शानदार पारी खेलेका हुन्।

उनको शतकको मद्दतमा डीसीएले मारिया क्रिकेट एकेडेमीसमक्ष २१० रनको लक्ष्य प्रस्तुत गरेको थियो। सिवाईसि अत्तरीयाबाट प्रशिक्षण लिइरहेका कार्की डीसीएको टिम बाट मुम्बई टुरमा गएका छन् ।

क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका ६ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

त्यसैगरी टोलीले मुम्बईस्थित वानखेड़े स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्।

यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव दिलाउने, सीप विकास गर्ने तथा आत्मविश्वास बढाउने विश्वास गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट