शेभ हावस अत्तरिया द्वारा नवीन पनेरु सम्मानित

सेवाभावको कदर : शेभ हावस अत्तरिया द्वारा नवीन पनेरु सम्मानित
प्रकाशित : :

धनगढी : धनगढी उप-महानगरपालिका–११ निवासी नवीन पनेरुलाई महिला तथा बालबालिका शेभ हावस अत्तरिया द्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको अवसरमा सम्मान पत्रसहित सम्मान गरिएको छ।

संस्थाको स्थापना कालदेखि नै आश्रित महिला तथा बालबालिकाको सहयात्री तथा अभिभावकको भूमिकामा निरन्तर सहयोग गर्दै आउनुभएको सामाजिक अभियन्ता पनेरुको सेवाभाव, समर्पण र मानव सेवाप्रतिको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको संस्थाकी अध्यक्ष जानकी मलासीले जानकारी दिनुभयो।

शेभ हावसमा आश्रित महिला तथा बालबालिकाका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञ कार्यक्रममा कथा वाचिका सुमि मानव तथा उपवाचक जनार्दन प्रसाद पन्तले संयुक्त रूपमा सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट