१२ वर्षपछि विश्वकपमा नेपालको जित, दीपेन्द्रको अर्धशतक

स्कटल्याण्ड ७ विकेटले पराजित

१२ वर्षपछि विश्वकपमा नेपालको जित, दीपेन्द्रको अर्धशतक
प्रकाशित : :

मुम्बईस्थित वानखेडे स्टेडियम मा भएको आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत चौथो खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराउँदै १२ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गरेको छ। यसअघि सन् २०१४ मा Bangladesh मा भएको संस्करणमा नेपालले जित निकालेको थियो।

१७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। दीपेन्द्र सिंह ऐरीले आक्रमक अर्धशतक प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्‍याए। कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन जोडे। ९८–३ को अवस्थाबाट दीपेन्द्र र गुल्सन झाले इनिङ्स सम्हाल्दै अन्त्यसम्म उत्कृष्ट साझेदारी गरे। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै लगातार दोस्रो अर्धशतक बनाए भने गुल्सन २४ रनमा अविजित रहे।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। माइकल जोन्सले ७१ रन बनाए भने जर्ज मुन्सेले २७ रन जोडे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए र टी२० विश्वकपमा नेपालका सर्वाधिक विकेट लिने खेलाडी बने। नन्दन यादवले २ विकेट हात पारे।

समूह चरणबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा प्रतिष्ठाका लागि जित निकाल्दै सुखद अन्त्य गरेको हो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट