विश्वकपमा चम्किएका लोकेश र शेरलाई जनही १ लाख १ हजार सहित एसपीए सम्मान

इंग्ल्याण्डविरुद्ध चम्किएका लोकेश र डेब्यूमै विकेट लिएका शेर लाई १ लाख १ हजार नगद सहित एसपीए सम्मान
प्रकाशित : :

धनगढी : भारतको मुम्बईमा जारी आइसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाली क्रिकेट टोलीबाट खेलेका नायकहरुलाई धनगढीको एसपीए कलेजले नगदसहित एसपीए सम्मानसहित सम्मानित गरेको छ ।

एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार नगदसहित एसपीए सम्मान प्रदान गरेको हो । कलेजको २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार कलेजमा आयोजित एक समारोहकाबीच दुबै खेलाडीलाई सम्मान गरिएको हो ।

जारी विश्वकपमा दुबै खेलाडीको प्रदर्शन उत्कृष्ट थियो । इग्ल्याण्डविरूद्द लोकेशले २० बलमा ४ चौका र २ छक्कासहितको सानदार ३९ रनको पारी खेल्दै नेपाललाई जित नजिक पुर्याएका थिए । यस्तै आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बल मा नै शेर मल्लले फिल सल्टको विकेट लिएका थिए ।

समारोहका प्रमुख अतिथि तथा शिक्षाविद् डा हेमराज पन्तसहित कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीलेलाडीलाई दोसल्लासहित विशेष सम्मान व्यक्त गर्नुभएको थियो ।

‘तपाईंको अटल समर्पण, निरन्तर मेहनत, अनुशासन र निरन्तरताले राष्ट्रलाई अपार गौरव दिलाएको छ,’ सम्मान पत्रमा लेखिएको छ, ‘ब्रान्ड एम्बासडर तथा ‘सिटी अफ क्रिकेट’धनगढीका गर्विला प्रतिनिधिका रूपमा तपाईंले “कनेक्टिङ धनगढी टू द वल्र्ड” भन्ने हाम्रो दृष्टिकोणलाई जीवन्त रूपमा आत्मसात गर्नुभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछौं ।’

‘तपाईंका उपलब्धि र प्रेरणादायी यात्राले नेपाली क्रिकेट मात्र होइन, असंख्य युवा खेलाडीहरूको सपना र आकांक्षालाई समेत उच्च बनाएको छ,’ सम्मानपत्रमा उल्लेख छ, ‘राष्ट्रको झण्डा गौरव र मर्यादासाथ विश्वसामु फहराउँदै नयाँ पुस्तालाई ठूलो सपना देख्न र विश्वस्तरमा सफलता हासिल गर्न प्रेरित गर्नुभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछौं ।’

जय ट्रफी खेलिरहेका कारण सम्मानपत्र ग्रहण लोकेश बमकी आमा शान्तादेवी बमले गर्नुभएको थियो । सम्मान पत्र ग्रहण गर्दै उहाँले भन्नुभयो‚ ‛लोकेश मेरो मात्र छोरा होइन हजुरहरुको पनि छोरा हो । अहिले मलाई गर्व लाग्छ मेरो छोरा यहाँ पुग्यो भनेर । हामीले इन्जिनियर पढ भनेको हो तर मलाई एसपीएमा भर्ना गरिदिनुस भनेर धेरै गर्यो । र आफ्नै ढिपीले यहाँ भर्ना भयो । यहाँहरु सबैको आशिर्वाद लाग्यो । मेरो छोरो यहाँसमम्म आइपुग्यो । सबैलाई धन्यवाद दिन चाहान्छु ।’

यस्तै शेर मल्लले सम्मान ग्रहणपछि भने ‛एकदवै गर्व लागिरहेको छ । सुवाश सरले लगनशिल र अनुशासन रुपमा लगातार अघि बढ्न सकिन्छ भन्ने सम्झाइरहनु हुन्थ्यो । त्यही कुरा फलो गर्दै अनुशासन र कडा मिहिनेतका साथ आज म यहाँसम्म पुगेको छु र उपस्थित विद्यार्थीहरुलाई मिहिनेत र समर्पण नछोड्न अनुरोध गर्दछु ।’

एसपीए कलेजमा दुई दर्जन बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्रिकेट खेलाडीहरु आवद्ध छन् । लोकेश सहित यू–१९ टोलीका नारायण जोशी, बसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, इश्वरी विष्ट, यू–१९ महिलातर्फ राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय जस्ता होनहार खेलाडीहरु एसपीएमा अध्ययनरत् छन् ।

एसपीए कलेजले आफ्नो विशिष्ट प्रतिभामार्फत समाज र देशलाई योगदान पुर्याएका व्यक्तित्वहरुलाई एसपीए सम्मान प्रदान गर्दै आएको छ । यसअघि विश्व प्रसिद्ध पाककलाका माहिर सेफ सन्तोष साहलाई, तत्कालिन खल्ती मोबाइल वालेटका संस्थापक अमित अग्रवाललाई पनि एसपीए सम्मानबाट सम्मानित गरिसकिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट