‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत नेपाल उद्योग वाणिज्य महासंघ को सहकार्य तथा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश को समन्वयमा कार्यस्थलमा हुने हिंसा तथा दुव्र्यवहार सम्बन्धी गुनासो व्यवस्थापन संयन्त्र विषयक १ दिने व्यवहारिक तालिम सम्पन्न भएको छ।
समिति सदस्य, उद्योग/संस्थाका सञ्चालक तथा व्यवस्थापन तहका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको थियो।

तालिममा कार्यस्थलमा उत्पन्न हुने विभिन्न प्रकारका गुनासोहरूको पहिचान, दर्ता प्रक्रिया, छानबिन विधि तथा समाधानका उपायबारे विस्तृत सहजीकरण गरिएको थियो। सहभागीहरूलाई गुनासो व्यवस्थापन सम्बन्धी प्रचलित कानुनी व्यवस्था, समिति गठन तथा जिम्मेवारी, गोपनीयता कायम राख्ने उपाय तथा प्रतिशोधविरुद्ध सुरक्षा व्यवस्थाबारे जानकारी गराइएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

कार्यक्रममा केस स्टडी, समूह छलफल तथा भूमिका अभिनयमार्फत व्यवहारिक अभ्यास गराइएको थियो। सहभागीहरूले आफ्ना संस्थामा प्रभावकारी गुनासो व्यवस्थापन संयन्त्र कार्यान्वयनका लागि कार्ययोजना समेत तयार पारेका थिए।
तालिममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अनिल कुमार भुजनियाले गुनासो सुनुवाइ समिति गठन गरिसकेका उद्योगहरूले सुरक्षित, समावेशी र सम्मानजनक कार्य वातावरण निर्माणमा महत्वपूर्ण पहल गरेको भन्दै प्रशंसा गर्नुभयो। साथै सबै उद्योग प्रतिष्ठानहरूले समेत यस्तो संयन्त्र अनिवार्य रूपमा अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत महासंघले व्यवसायको औपचारिकरण, स्याहार सेवाको नमूना विस्तार, रोजगारीमा सिफारिस तथा उद्योग प्रतिष्ठानहरूमा गुनासो सुनुवाइ समिति स्थापना गर्ने कार्य अघि बढाइरहेको जानकारी दिनुभयो।

नेपालका प्रचलित कानुनअनुसार उद्योग प्रतिष्ठानहरूले गुनासो सुनुवाइ तथा व्यवस्थापन संयन्त्र लागू गर्नु आवश्यक रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशका दुई उद्योग/प्रतिष्ठानमा नमूनाका रूपमा संयन्त्र स्थापना गरिएको बताउनुभयो। उक्त संयन्त्रको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी यो तालिमले समिति सदस्यहरूलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै सुदूरपश्चिम प्रदेशमा यौनजन्य हिंसा तथा दुव्र्यवहार सम्बन्धी गुनासो सुनुवाइ तथा सम्बोधन प्रणाली क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्थानीय सरकार, प्रदेश सरकार, गैरसरकारी संस्था, International Labour Organization (ILO) का प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र तथा प्रदेशका पदाधिकारी, कैलाली उद्योग वाणिज्य संघ का प्रतिनिधि तथा ट्रेड युनियनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले गुनासो समाधान प्रक्रियालाई पारदर्शी, निष्पक्ष र






You must be logged in to post a comment.