सगरमाथा कलेजमा नयाँ प्रिन्सिपलको नियुक्ति, योगराज गौतमले नेतृत्व सम्हाल्ने

सगरमाथा कलेजमा नयाँ प्रिन्सिपलको नियुक्ति, योगराज गौतमले नेतृत्व सम्हाल्ने
प्रकाशित : :

काठमाडौंः काठमाडौँस्थित सगरमाथा कलेजमा नयाँ प्रिन्सिपलको रूपमा योगराज गौतम नियुक्त भएका छन्। कलेज प्रशासनले गौतमलाई औपचारिक रूपमा स्वागत गर्दै संस्थाको नयाँ यात्रामा सहकार्यका लागि आभार व्यक्त गरेको छ।

कलेजले सार्वजनिक गरेको सन्देशअनुसार गौतमको नेतृत्व, दृष्टिकोण र समर्पणले संस्थालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ। आगामी दिनमा कलेजले शैक्षिक उत्कृष्टता, विद्यार्थीमैत्री वातावरण तथा नवीन सम्भावनाहरूको खोजमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

प्रशासनले गौतमको मार्गदर्शनमा कलेजले विद्यार्थीहरूको जीवनमा सकारात्मक तथा अर्थपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। साथै, नयाँ नेतृत्वसँगै कलेजले स्पष्ट दिशा र उत्कृष्टताप्रतिको प्रतिबद्धता थप मजबुत बनाउने जनाएको छ।

सगरमाथा कलेजमा नयाँ प्रिन्सिपलको नियुक्ति, योगराज गौतमले नेतृत्व सम्हाल्ने

गौतमको दशक लामो शैक्षिक यात्रामा देशभरका विभिन्न शैक्षिक संस्था हाँकेको अनुभव छ। पछिल्लो समय उनले सुदूरपश्चिमको प्रमुख शैक्षिक केन्द्र ‘क्रिकेटको सहर’ धनगढीस्थित एसपिए कलेजलाई प्रदेशकै पहिलो तथा एक मात्र स्मार्ट कलेजका रूपमा विकास गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । 

साथै, सो कलेजलाई देशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गर्न उनले महत्त्वपूर्ण योगदान दिएका छन्। त्यसैका आधारमा उनी सफल क्याम्पस प्रमुखका रूपमा शैक्षिक जगतमा परिचित छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट