जुन कर्तव्य हो त्यो धर्म हो । जुन अकर्तव्य हो त्यो अधर्म हो । अर्थात् जुन गर्नुपर्ने हो त्यही धर्म हो । जस्तैस् नाकले पानी पिइन्न। जुन करणीय हो, त्यही धर्म हो र जुन अकरणीय हो त्यो अधर्म हो ।
धर्म भन्नाले दैवी शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरूसँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य र मान्यता, संघसंस्था, तथा पुरातन विधिहरू पर्छन् । कहिलेकाहीं आस्था अथवा विश्वास जस्ता शब्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। बृहद् अर्थमा कसैले धर्मलाई
ब्रह्माण्ड र मानवको सम्बन्धबारे सम्पूर्ण उत्तर मान्ने गर्छन् । धर्म भनेको जीव वा मानवको स्वाभाविक गुण हो । मानव संस्कृतिको विकाससँगै धर्मको अर्थ समाज र व्यक्तिअनुसार फरक फरक पाइन्छ ।
कहिलेकाहीं धर्मु शब्दलाई संगठित धर्मुको रूपमा पनि हेर्ने गरिन्छ। संगठित धर्म भन्नाले त्यस्ता मानिसहरूको समूहलाई जनाउँछ जसले संयुक्त रूपमा एउटै धर्म संयुक्त रूपमा पालना गर्छन्। यस्ता संगठनहरूलाई कहिलेकाहीं कानुनी अस्तित्व पनि प्राप्त हुन्छ।
भगवान् के हो ?
भगवानको परिभाषा एउटै छैन। त्यसकारण नै धर्मका नानाथरीका नामहरू छन् । धर्मलाई कसैले निर्जीवको रूपमा देख्छन्। कसैले तथ्यको रूपमा, कसैले सिद्धान्तको रूपमा, कसैले योजना, कसैले मौनताको रूपमा, कसैले व्यापारको रूपमा । धर्म संस्कार पनि होइन, धर्म परम्परा पनि होइन। धर्म रीतिरिवाज होइन। किनकि यो भगवान् हो र यो छ भन्ने विश्वास मात्र हो। संसारमा धर्म ९भगवान्० छ भन्ने विश्वास हुने हो भने न सिमानाहरू मिचिन्थे। न मान्छेहरू बेचिन्थे न साइनोहरू मेटिन्थे । भगवान् छैन त्यसकारण नै धर्म पनि छैन । धर्म भएको भए यो सबै हुने थिएन। धर्म छैन किनकि भगवान् छैन भन्नेहरूको लागि भगवान छ भन्ने मान्दछन भने पक्का त्यहाँ धर्म पनि छ। तर मान्छेभित्र भ्रम छ त्यो हो -शास्त्रको अध्ययन गर्नु धर्म ठान्छन। मन्दिरमा उभिएर पूजा गर्नु धर्म ठान्छन्। गुरु बन्नु धर्म ठान्छन्, विज्ञान र धार्मिक शास्त्रको बीचको युग हो भगवान् भनेको । अहिले या त धार्मिक शास्त्र छ या विज्ञान मात्र छ। धर्म, विज्ञान, आवश्यकताबीच पिसिएको भ्रमित बिचराको नाम नै जीवन हो। यही जीवनमा बुझ्न नसकेको रहस्य नै भगवान् हो।