यहाँ जनता एक मुठी सास फेर्न अक्सिजन नपाइ तड्पी तड्पी मरिरहेका छन्।जनता एक छाक खान नपाऊ भोकले मरिरहेका छन् अनि सामान्य सिटामोल नपाइ छ्टपटिरहेका छन्।
विडम्बना मेरा देशका नेताज्युहरुलाइ आफ्नो पद वा कुर्सी बचाउन मरिहत्ते भइराछ। समाचारमा सुनिन्छ आज यो बैठक बस्दै छ फलाना नेताहरूबिच मिलन भयो फलानाबिच विवाद भयो फलानाको राजीनामा भयो।कुनै बेला आफूलाई नै असन्तुष्ट हुन्छ ।म यो देशमा किन जन्मे हुला भनी ।
अब हामीले कसरी विश्वास गर्ने कि नेताहरू जनप्रेमी हुन्छन् नेताहरू जनसेवकहरु हुन भनी।मनमा खुसी लाग्छ छिमेकी राष्ट्रहरू कोरोनाविरुद्धको लडाइमा कटिबद्ध छन् भनी सुनिन्छ जब हिजोको भन्दा फलानो देशमा सकङ्र्मितको सङ्ख्या घट्यो भनी तर मन त्यतिबेला छिया छिया हुन्छ ।
जब सुनिन्छ नेपालमा हिजोको भन्दा आज कोरोनाबाट धेरैको ज्यान गयो अनि धेरै संक्रमीत भए र धेरै जसोको ज्यान अक्सिजनको अभाव गयो भनी । नेता ज्यु हामीले कहिलेसम्म अभावै अभावमा बाच्ने अनि कहिलेसम्म हाम्रो देश बिचल्ली भएको देख्ने ।
सब यहाँ सब स्वार्थको राजनीति छ हाम्रो देशमा मेरो अपिल छ नेताज्युहरुमा अहिले पद भन्दा नि जनताको ज्यानको माया लगाउनुहोस् यदि जनता नै नभए तपाइहरू कसको प्रतिनिधि भएर बस्नु हुन्छ ।
आशा गर्छु अझ पनि कोरोनाबिरुद्द् अब सम्पूर्ण जनप्रतिनिधिहरूबाट कडा कदम चालियोस् र जनतालाई आफ्नो अभिभावको अनुभूति पाइयोस्।
– भाष्कर भट्ट