पुनर्वासका बाढी पीडितलाई राहत वितरण

बाढी पीडितलाई राहत वितरण
प्रकाशित : :

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकाका बाढी पिडितलाई राहत सामाग्री बितरण गरिएको छ । स्थानीय दोधा नादीमा गत भदौ ११ गते आएको बाढीका कारण पुनर्वास नगरपालिका ५ सिमरी गाउँका ८५ घर बिचल्लीमा परेका थिए ।

घर डुबानमा परी भण्डारण गरेर राखेको खाद्यान्न बाढीले बगाएकाले खानाको जोहो गर्न धौ -धौ भईरहेका बेला समाजसेवी  युवा समुहको सहाकार्य र कर्णाली प्रदेशको जुम्ला घर भई  हाल काठमाडौँमा बस्दै आएका अमर बिष्टले ब्यक्तिगत सहायोगमा ८५ घरधुरीलाई दुई लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

बाढीको समयमा स्थानिय सरकारले केही दिन खानाको बन्दोबस्त गरेपनि हाल भोकमरीको चिन्तामा बाँचिरहेका बाढी पिडितलाई बिष्टल चामल,दाल तेल, सोयबिन,नुन साबुन लगायतका खाद्यान्न सामाग्री वितरण गरेका हुन् । बिभिन्न संघ सस्थाहरुले केही स्वास्थ्य सामाग्री उपलब्ध गराएपनि प्रत्येक घरधुरीका लागि खाद्यना सहायोग भने पहिलो पटक भएको बिपत ब्यवस्थापन समितिका अध्यक्ष तिर्थलाल रानाले बताए । राज्यबाट उपेक्षित गरिएका राना थारु बस्तीमा बिपत आउको  महिना दिन बितिसक्दा पनि स्थानिय सरकारले खाद्यान्न सहयोग तथा पुनस्र्थापन गर्न नसकेको अवस्थामा अपरिचित टाढाको मान्छेले सहयोग गरेकोमा यहाँका बाढी पिडितहरु खुशी भएका छन् ।  स्थानीय सरकारलाई उनिहरुले यथाशिघ्र आफुहरुको पुनस्र्थापना गर्न समेत माग गरेका छन्  ।

दिन दुखी , अप्ठयरोमा परेका मानिसहरु  माझ सहयोग गर्न पाउनु निकैनै खुशीको कुरा भएकोले  त्यसैले आगामी दिनहरुमा पनि बिपत र जोखिममा परेका समुदाय माझ आफुले सक्दो सहायोग गर्ने बिष्टले बताए । जुम्ला जिल्लाका अमर बिष्टले बिभिन्न समयमा अप्ठेरोमा परेका ब्यक्तीहरुको उद्धार तथा सहयोग गर्दै आएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट