महिला हिंसा विरुद्धको अभियान प्रहारको अध्यक्षमा चन्द तथा उपाध्यक्षमा जोशी र बराल चयन

महिला हिंसा विरुद्धको अभियान प्रहारको अध्यक्षमा चन्द तथा उपाध्यक्षमा जोशी र बराल चयन
प्रकाशित : :

धनगढी : राष्ट्रिय गोजुरीयो कराँते दो संघ नेपालका महासचिव तथा गुरुकुल सेक्युरिटी सर्भिसेज प्रा।लि धनगढीका अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा महिला हिंसा विरुद्धको अभियान प्रहारको तदर्थ समिति गठन गरिएको छ । बुधवार चन्दको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

प्रहारको तदर्थ समितिको उपाध्यक्षमा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी , यशोदा बराललाई चयन गरिएको छ ।

त्यस्तै, महासचिव अञ्जली के सी, सचिव राजेन्द्र बम, एश्वय बिस्ट र कोषाध्यक्षमा सपना रोकाया लाई चयन गरिएको छ । भने सदस्यहरू मा नरेन्द्र गुरुङ, प्रदीप पाठक, मनीषा श्रेष्ठ, भगवती बोहरा, अनु बगाले, आरोही कोइराला ९पूजा०, कल्पना पाल, गिता पौडेल, पल्लवी चन्द, लक्ष्मी श्रेष्ठ, प्रतिमा कुवर, अर्जुन लुहार, कमला गुरुङ र राजेन्द्र मडै लाई चयन गरिएको जनाइएको छ ।

महिला हिंसा विरुद्धको अभियान प्रहारले विगत लामो समयदेखि महिला सशक्तीकरण तथा आत्म रक्षा सम्बन्धी तालिम दिईरहेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट