बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा विद्यालय बाहीर रहेका रहेका किशोर-किशोरीहरु लाई शैक्षिक सामग्री प्रदान गरिएको छ । नगरपालिका भित्र रहेका विद्यालय बाहिर रहेका किशोर-किशोरीहरुलाई पुनः विद्यालय भर्ना गराउने र उनिहरुको शिक्षालाई निरन्तरता दिने लक्षका सथ उक्त शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो ।
विगत एक वर्ष देखी जिल्लाको पुर्चौडी नगरपालिकामा युनिशेफ नेपालको आर्थिक सहयोग, निड्स नेपालको साझेदारी र पुर्चौडी नगरपालिकाको सहकार्यमा विद्यालय बाहिर रहेका किशोर किशोरीहरुका लागी शिक्षा तथा जीवन उपयोगी शीप विकाश परियोजन सञ्चालन भईरहेको छ ।
हाल पुर्चौडी नगरपालिका क्षेत्र भित्र २३० जनाको हाराहरीमा विद्यालय बाहिर रहेका किशोर किशोरीहरु रहेको तथ्याÃ निड्स नेपाल संग रहेको छ । भने ति किशोर(किशोरीहरु मध्ये ८० प्रतिशत किशोर किशोरीहरु लाई पुनः विद्यालय भर्ना गराउने र बाँकी २० प्रतिशतलाई जीवन उपयोगी शिप विकाश सँग जोड्ने लक्ष उक्त परियोजनाको रहेको निड्स नेपालका परियोजना संयोजक जनक भट्टले जानकारी दिए ।

अहिले उक्त परियोजनाले विद्यालय बाहीर रहेका किशोर किशोरीहरु लाई आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराई पुर्चौडी नगरपालीकाका दश वटै वडाहरुमा १३ ओटा अनौपचारीक कक्षा सञ्चालन गरेर उनीहरुलाई तह १ र तह २ को पाठ्यक्रम पढाईरहेको भट्टको भनाई छ ।
यस्तै, उक्त शिक्षाका लागी आवश्यक पर्ने शैक्षिक सामग्रीहरु परियोजना संयोजक भट्ट, सम्बन्धीत वडाका वडा अध्यक्ष, जनप्रतिनीधि र नजिकमा रहेका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु बाट सहयोगीहरुलाई हस्तान्तरण गरिएको छ ।
त्यस्तै, परियोजनाले यस अघि पनी शिक्षा क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको छ । भने नि.मा.वी. र मा.वी. गरेर २६ वटा विद्यालयका सदस्यहरु लाई समावेशी शिक्षा र बालमैत्री विद्यालयमा तालिमहरु प्रदान गरीसकेको जननईएको छ ।
यसका साथै, परियोजनाले नगर शिक्षा योजना निर्माणमा सहयोग पुगोस भन्ने हेतुले हालसालै सम्पन्न विद्यार्थी भर्ना अभियानमा पनि पुर्चौडी नगरपालिकाको शिक्षा शाखाको समन्वयमा विद्यार्थी अभियानलाई प्रभावकारी ढंगले परिचालन गरेकोे परियोजना संयोजक भट्टले बताए ।







You must be logged in to post a comment.