बाघको आक्रमणबाट ज्यान गुमाएकी महिलाका परिवारलाई राहत बापत १० लाख हस्तान्तरण

कञ्चनपुरमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको परिवारलाई १० लाख राहत
प्रकाशित : :

महेन्द्रनगर : कञ्चनपुरमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

गत वैशाख ८ गते बाघको आक्रमणबाट मृत्यु भएकी जिल्लाको बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षीय गंगा चन्दको परिवारलाई राहत बापत १० लाख हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मृतक चन्दको घरमै पुगेर उनका श्रीमान् डम्बर चन्दलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका बमोजिम नियमानुसार पाउने राहत रकम मृतका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट