काठमाडौं : भारतीय चलचित्र ‘आदिपुरुष’ निर्माता कम्पनी सुपर क्यासेट्स इड्रस्ट्रिज लिमिटेडले चलचित्रको डाइलगबाट नेपाली भावनामा ठेस पुर्याउने आफ्नो उद्देश्य नभएको बताएको छ। चलचित्रको कुनै सम्वादले नेपाली भावनामा ठेस पुगेकामा कम्पनीले क्षमायाचना समेत गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र चलचित्र विकास बोर्डलाई सम्बोधन गरिएको पत्रमा सुपर क्यासेट्सले चलचित्रको संवादमा सीताको जन्मस्थानलाई इंगित गर्न नखोजिएको पनि दाबी गरिएको छ।
‘श्री राघवको चरित्र निर्वाह गरेका प्रभाशले बोलेको सम्वाद ‘आज मेरे लिए मत लड्ना, उस दिनके लिए लड्ना जब भारतके किसी बेटीपर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुष याद करके थर्र उठेगा’ले सीताको माताको जन्मस्थानको प्रतिनिधित्व गर्दैन,’ पत्रमा लेखिएको छ।
भारतीयले विश्वका सबै महिलाको सम्मान गर्ने विषय आफूहरुका लागि सबैभन्दा महत्त्वपूर्ण भएको पनि पत्रमा बताइएको छ। पत्रमा चलचित्रलाई यसको कलात्मक पक्षबाट हेर्न पनि आग्रह गरिएको छ।







You must be logged in to post a comment.