जिल्ला अस्पताल बझाङमा प्रयाप्त जनशक्ति नहुदा सेवा प्रवाहमा समस्या

जिल्ला अस्पताल बझाङ
जिल्ला अस्पताल बझाङ
प्रकाशित : :

बझाङ : जिल्ला अस्पताल बझाङमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी नहुदा दैनिक सेवा प्रवाहमा समस्या भयको छ । १५ शैयाको जिल्ला अस्पताल बझाङमा करारमा कार्यरत तिन जना मेडिकल अधिकृत चिकित्सकले छोडेर गएपछि अहिले चार जना मेडिकल अफिसरको भरमा सेवाहरु सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर नवराज जोशीका अनुसार जिल्ला अस्पतालमा काम गदै आउनुभएका चार जना चिकित्सक कोहि पढाइका् लागी त कसैले अन्य प्रोजेक्टमा अवसर पाएपछी छोडेर गएका छन । छोडेर गयका डाक्टरको ठाउमा नया डाक्टर सरकारले पठाएको छैन । पठाइ दिन प्रदेश तथा सॅघमा धाउदा पनि सम्बन्धित निकायवाट सुनुवाइ नहुदा समस्या भयको उहाको भनाई छ ।

अस्पताल बिकास समितीका अध्यक्ष सोनु सिहले भन्नु भयो -“पटक पटक सॅघ र प्रदेशमा डाक्टर पठाईदिन अनुरोध गर्यौ तर ऐल सम्म सुनुवाई भयको छैन ,स्वास्थ्य जस्तो सॅवेदनशिल ठाउमा डाक्टर नहुदा सारै समस्या छ । डाक्टर पठाउनुपर्नेमा कुनै चासो छैन यता बिरामिको सँख्या दिनदिनै बढ्रदै छ , यस्तो अबस्थामा अस्पतालमा केहि भबितव्य आइपरे जिम्मेवारी को बन्ने भन्ने प्रश्न उठेको अध्यक्ष सिहको भनाई छ । “

चिकित्सले छोडेर जाने बितिक्कै बिभिन्न निकायमा बारम्बार कुरा गर्दा ,पत्राचार गर्दा कुनै सुनवाइ नभयको अस्पतालले जनाएको छ ।अहिले जिल्ला अस्पताल बझाङमा ४ जना मेडिकल अधिकृत ( डाक्टरले )बिरामिलाइ २४ सै घण्टा हेर्नु परेको छ ।
अस्पतालमा हाल दैनिक २०० जना भन्दा वढी विरामी आउने गरेको भय पनि चिकित्सक अभावमा समयमै सेवा दिन समस्या भयको वताईएको छ ।

निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जोशीले भन्नुभयो -“विरामीहरु समयमै उपचार पायनौ भनेर गुनासो गरिरहेका हुन्छन ,हामी सॅग प्रयाप्त जनशक्ती छैन , छिटो छरितो तथा प्रभावकारी सेवा दिन लागि परे पनि सम्भव छैन । “

अस्पतालमा हाल डेङ्गु र स्क्रव टाईफसका विरामीको सॅख्या धेरै हुदा अस्पतालमा दैनिक भिडभाड बढ्ने गरेको छ ।भने
प्रयाप्त जनशक्ति नहुदा (ओ.पी.डी) बहिरंग सेवा, ईमेरजेन्सी, प्रसुती सेवा, एक्सरे ,भिडियो एक्सरे ,शल्यक्रिया ,नवजात शिशु तथा वाल रोगका विरामीलाई सेवा दिन समस्या भयको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला अस्पताल बझाङ
जिल्ला अस्पताल बझाङ

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट