धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ ।
गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको हाे ।
अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या परेको छ ।
अस्पतालका प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ ।
यसैगरी नेपाल टेलिकमको धनगढी कार्यालय परिसर भित्र पनि पानी भरीएको छ ।
उचित ढल निकास नहुँदा पार्क मोडदेखी कैलाली पुल सम्मको सडक जलमग्न भएको छ । सडकमा पानी भरिएपछि आवत जावतमा समस्या भएको छ । धनगढीका अधिकांश स्थान जलमग्न भएका छन् । गए रातिदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
पशु अस्पताल परिसर पार्कमोड