वसुन्धरास्थित महेन्द्र नारायण निधि अस्पतालका कर्मचारीले तलब नपाएपछि सुरु गरे आन्दोलन

वसुन्धरास्थित महेन्द्र नारायण निधि अस्पतालका कर्मचारीले तलब नपाएपछि सुरु गरे आन्दोलन

काठमाडौंको बसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले कर्मचारीहरुलाई ३ देखि १० महिनासम्मको तलब भुक्तानी नदिएपछि आन्दोलनको तयारी भएको छ । कर्मचारीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलन गर्ने तयारी गरेका हुन् ।

माग पूूरा नभएमा सशक्त रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाएका छन् । अस्पतालले विजुलीको रकम भुक्तानी नगरेपछि विद्युत प्राधिकरणले लाइन काटेको छ । कोभिडको समयदेखि अहिलेसम्म प्राधिकरणलाई २६ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

मंसिर ४ गते महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य र सम्पूर्ण महेन्द्रनारायण निधि सहकारीका शेयर धनीहरुलाई लिखित रुपमा पाउनुपर्ने पारिश्रामिक एकमुुष्ट पाउनुुपर्ने मागसहित पत्र बुुझाउने, ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नारावाजी गर्ने र ६ गते अस्पताल सञ्चालकको घर घेराउ गर्ने कार्यक्रम तय गरिएको छ ।

यस अस्पतालका सञ्चालक सदस्य कृष्ण ओस्ती, भानु भक्त ढकाल, कृष्ण अधिकारी, कमल ढकाल र ओम घर्ती मगर रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार