सुदूरपश्चिमका कुन जिल्लामा कति मेट्रिकटन उत्पादन हुन्छ मासु 

जनस्वास्थ्य
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेशभित्र ४४ हजार भन्दा बढी मासु उत्पादन भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। प्रदेशका ९ वटै जिल्लामा गरी आर्थिक वर्ष २०७९/८० मा कुल ४४ हजार तीन सय ६४ मेट्रिकटन मासु उत्पादन भएको नेपाल राष्ट्र बैंक धनगढीको अध्ययन प्रतिवेदनले देखाएको हो।

सबैभन्दा बढी कैलालीमा १९ हजार तीन सय ५० र सबैभन्दा कम बाजुरामा एक हजार ६ सय ६७ मेट्रिकटन मासु उत्पादन भएको छ।

कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी ७ हजार पाँच सय २६ मेट्रिकटन मासु उत्पादन भएको छ। सो अवधिसम्ममा पहाडी जिल्ला दार्चुलामा दुई हजार दुई सय ७०, बैतडीमा तीन हजार ३२, डडेल्धुरामा दुई हजार एक सय २९ मेट्रिकटन मासु उत्पादन भएको अध्ययन प्रतिवेदनले देखाएको छ।

त्यस्तै बझाङमा दुई हजार ७ सय ४०, डोटीमा तीन हजार एक सय ९७ र अछाममा दुई हजार  चार सय ५१ मेट्रिकटन मासु उत्पादन भएको छ। मासु उत्पादनमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४३ दशमलव ६२ र बाजुरा जिल्लाको सबैभन्दा कम ३ दशमलव ७६ प्रतिशत देखिएको छ।

मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन १ दशमलव १९ प्रतिशत, खसी/बोका/भेडाको मासु उत्पादन ४ दशमलव १२ प्रतिशत, सुंगुर/बंगुरको मासु उत्पादन ३ दशमलव शून्य ४ प्रतिशत, भैंसी/राँगोको मासु उत्पादन १ दशमलव ७४ प्रतिशतले बढेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक १६ किलो मासु आवश्यक हुन्छ। नेपालको राष्ट्रिय मासु उपभोग दर प्रतिव्यक्ति वार्षिक १४ किलो छ। सुदूरपश्चिम प्रदेशभित्र मासु बढी र दूध ज्यादै न्यून सेवन भइरहेको तथ्यांकले देखाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट