दशरथ चन्द बैतडी बिद्यार्थी समाज कैलाली द्धारा खाद्यान्न सहयोग

४१ औँ सामाजिक सेवा दिवस को अवसरमा खाद्यान्न सहयोग तथा सरसफाई

खाद्यान्न सहयोग तथा सरसफाई

धनगढीः ४१ औँ सामाजिक सेवा दिवस को अवसरमा दशरथ चन्द बैतडी बिद्यार्थी समाज कैलालीले खाद्यान्न सहयोग तथा सरसफाई गरेको छ ।

दशरथ चन्द बैतडी बिद्यार्थी समाज कैलालीका अध्यक्ष जय बाहादुर कुवर को अध्य्क्षतामा सामाजिक क्षेत्र राष्ट्रिय गैरब आजको प्रथमिकता सम्वृधी र सुशासन को लागि सामाजिक रूपान्तरण र उद्यमसिलता भन्ने मुल नाराका साथ धनगढी उपमाहानगरपालिका वडा नं.१३ मा रहेको नेपाल अपाङ्गता खगेन्द्र नबजिबन केन्द्र मा सरसफाई तथा केन्द्रमा आश्रित रहेका ५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई खाध्यान, साबुन, फलफुल लगाएतका अत्यावस्यक सामग्री सहयोग गरीएको दशरथ चन्द बैतडी बिद्यार्थी समाज कैलाली उपाध्यक्ष जगदीश भट्ट जानकारी दिनुभयो ।

कार्यक्रममा अपाङ्गता खगेन्द्र नवजिवनका अध्य्क्ष, दशरथ चन्द बैतडी बिद्यार्थी समाज कैलालीका महासचिव सन्तोस पन्त लगाएतका सदस्यहरुको उपस्थितिरहेको उपाध्यक्ष भट्ट ले जानकारी दिनुभएको छ ।

त्यस्तै, दशरथ चन्द बैतडी बिद्यार्थी समाज कैलाली ले बिगतका बर्ष हरूमा पनि समाजिक क्षेत्रमा काम गर्दै आईरहेका र अबका दिनमा पनि सामाजिक सेवामा अग्रसर भईरहने समाजले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार