पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका थप ७३ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

पाँच हजार नौँ सय संक्रमीतले जिते कोरोना !

धनगढीः कैलालीका ४७ सहित सुदूरपश्चिम प्रदेशका थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एकजनामा संक्रमण पुष्टि भएको छ। कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै धनगढी उपमहानगरपालिकाका थप १३ जनामा पनि संक्रमण पुष्टि भएको छ। वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ का चार पुरुष, वडा नम्बर ३ का तीन महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का एक पुरुष, १४ का एक पुरुष र एक महिला तथा वडा नखुलेका एक जना गरी १३ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिका १० का एक पुरुषमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ। उता बझाङमा गरिएको परीक्षणमा आज थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २४ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले मष्टा पाँच महिला र १५ पुरुष गरी २० जना, खप्तडछान्ना गाउँपालिकाका दुई पुरुष, तलकोट गाउँपालिकाका एक पुरुष र जिल्ला प्रहरी कार्यालयका एक प्रहरीमा संक्रमण पुष्टि भएको बताए। प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ५९ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ।

डोटीमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार डोटीको बोगटान फुडशिल गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो। आज ९७ जनामा संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या सात हजार तनि सय नाघेको छ।

संक्रमण पुष्टि भएका पाँच हजार नौँ सयले कोरोना जितेका छन् भने २० जनाको मृत्यु भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार