गजल
मालिक यसपालि धुमधाम दशै मनाउन मन छ
पेट भरेर मात्र निधारमा चावल लगाउन मन छ ।।
बोका, खसी, रागा हरु काट्ने रहर अलग्गै छ
छोरा छोरीलाइ सानो झुप्रोमा बसाउन मन छ ।।
यी मेरा आफन्तहरुले मलाइ बहुत सुनाइ सके
सरकार एकछाक भएनि मिठो पकाउन मन छ ।।
उसका पनि कैयौ रहर थन्कीएर बसेकेका छन
मेरी प्रीयाको एउटा उधारो रहर पुराउन मन छ ।।
“यमराज जोशी”