बैतडीः गोरुले कुल्चिदा बैतडीमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलकी ६० बर्षीया जयन्ती भण्डारी रहेकी बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
घर नजिकैको खेतमा गहुँ छर्ने क्रममा भण्डारीलाई कुल्चेको प्रहरीले जनाएको छ । गोरुले कुल्चेर गम्भीर घाइते बृद्धाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।