बैतडीः बैतडीमा किशोरिलाई आक्रमण गरि ज्यान लिने नरभक्षी चितुवालाई स्थानियहरुले मारेका छन ।
जिल्लाको शिवनाथ गाउँपालिका ४ बगारकी १८ बर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका हुन । चितुवाले मायाको लासलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले घरेलु हतियार प्रहार गरेर चितुवा मारेका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण महताले जानकारि दिनुभएको छ ।
चितुवा मार्ने क्रममा तीन जना सामान्य घाइते भएका उहाँको भनाई छ । डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका १ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो ।
मायाको शवलाई चितुवाले नछोडेपछि घाँस काट्न गएका महिलाहरुले स्थानीयहरुलाई बोलाएका र त्यसपिछ सबै स्थानियहरुले चारैतिरबाट घेराहारलेर चितुवा मारेका बताइएको छ। हेरौं नरभक्षी चितुवा मार्दा के-के भयो आठ तस्विरमा…!