धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी बसपार्कमा सवारी चालक, परिचालक तथा सर्ब साधारणलाई ट्राफिक जनचेतना मुलक पर्चा पम्पलेट बितरण गरेको छ ।
सेवाग्राही मैत्री ब्यवहार तालुक सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको अभियानलाई कार्यान्वयन गर्दै धनगढीमा ट्राफिक प्रहरीले जनचेतना मुलक पर्चा पम्पलेट बितरण गरेको हो ।
साथै सवारी नियम पालना गर्ने सम्बन्धमा ट्राफिक जनचेतना मुलक कार्यक्रम र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दुरी कायम राखी सवारी सञ्चालन गर्ने, सेनिटाईजर र माक्सको अनिवार्य प्रयोग गर्ने सम्बन्धमा सम्झाई बुझाई कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।