केही आयोजनाको निरीक्षण तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोबार पूर्वी पहाडी जिल्ला संखुवासभा पुगेका छन् । प्रधानमन्त्री ओली झण्डै ७ महिनापछि पहिलो पटक उपत्यकाबाहिर गएका हुन् । गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली काठमाडौं बाहिर ननिस्किएका थिएनन् ।
संखुवासभा पुगेर ओलीले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गरे । यस्तै चीनसँग सीमा जोडिएको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको पनि अवलोकन गरे । उनले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन समेत गरेका थिए ।