प्रधानमन्त्रीको संखुवासभा भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली

केही आयोजनाको निरीक्षण तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोबार पूर्वी पहाडी जिल्ला संखुवासभा पुगेका छन् । प्रधानमन्त्री ओली झण्डै ७ महिनापछि पहिलो पटक उपत्यकाबाहिर गएका हुन् । गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली काठमाडौं बाहिर ननिस्किएका थिएनन् ।

संखुवासभा पुगेर ओलीले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गरे । यस्तै चीनसँग सीमा जोडिएको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको पनि अवलोकन गरे ।  उनले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन समेत गरेका थिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार