धनगढीः सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिति अध्यक्ष दुर्गा जोशीलाई कोरोना पुस्टी भएको छ । केही दिनदेखी रुघाखोकी लागेपछि कोरोना परिक्षणका लागी स्वाव दिएका जोशीको नतिजा पोजेटीभ आएको हो ।
जोशी अहिले होम आइसोलेशनमा छन् । ४/५ गते स्वास्थ्यमा समस्या देखिएपछि परिक्षणका लागी स्वाद दिएको र आज रिपोर्ट पोजेटिभ आएको उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै आफुलाई कोरोना संक्रमण भएको जनाएका छन् ।
अहिले जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनि कोरोना महामारीका बिच अस्पतालको काममा लाग्दालाग्दै कोरोना पोजेटिभ भएका हुन् । कोरोना पोजेटिभ देखिएपनि समस्या खासै नभएकाले छिट्टै कोरोना जितेर काममा फर्किने जोशीले बताए ।