नेकपा विप्लवले पनि यातायातको अनियमितता को छानबिन गर्दै, १० दिन भित्र कारण सहितको जवाफ दिन आग्रह

प्रकाशित : :
धनगढीः  यातायात व्यवस्था कार्यालय धनगढीको गतिविधिमा विप्लव नेकपा नगर समिति धनगढी को पनि ध्यान गएको छ ।
विप्लव नेकपा नगर समिति धनगढी ले नयाँ लाइसेन्सका लागि ट्रायल, गाडीहरूको नवीकरण गर्दा होस या अन्य यातायातले गर्ने गरेको हरेक कार्य कदम-कदममा आर्थिक लाभ लिई  गैर कानुनी तरीकाले कार्य सम्पादन गरिरहेको भन्दै नगर समितिले छानबिन गरिरहेको जनाएको ।
विप्लव नेकपाले सम्बन्धित कार्यालय प्रमुखलाई कारण सहितको जवाफ का साथ १० दिन भित्र नगर जनपरीसङको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । साथै नेकपा नगर समितिले जनपरीसङको नियम बमोजिम अकुत सम्पत्ति आर्जन गरेको तथा पदको चरम दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको पाइएमा कार्वाहि प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
नेकपा विप्लवले यातायात कार्यालय धनगढीलाई पेस गरेको चिठी जस्ताको त्यस्तै

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट