धनगढीः लामो समयदेखि क्यान्सरसँग जुधिरहेका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको निधन भएको छ।
डडेल्धुरा प्रहरी प्रमुखको रुपमा काम गरेका केसीको आन्द्राको क्यान्सरबाट पीडित थिए । उहाँको उपचारका क्रममा बुधबार राति बिरेन्द्र प्रहरी अस्पतालमा निधन भएको पारीवारिक स्रोतले जनाएको छ।
बागलुङ स्थायी ठेगाना भएका केसीले २०७५ सालमा डडेल्धुरा प्रहरी प्रमुखका रुपममा काम गरेका थिए।