कैलाली : प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले वडाव्यापी प्रदर्शन गरेको छ। सोही अनुसार सुदूरपश्चिम प्रदेश तथा कैलालीका विभिन्न वडाहरूमा पनि विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत विरोध कार्यक्रम गरिसकेको कांग्रेसले बिहीबार वडास्तरको विरोध कार्यक्रम गरेको हो।
यस अघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ। यस्तै पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले वडाव्यापी प्रदर्शन गरेको छ।
हामीले कैलालीका विभिन्न स्थानीय तहहरूमा नपाली काँग्रेस कैलाली ले गरेको विरोध प्रदर्शन कार्यक्रम तस्बिर मार्फत देखाउने प्रयास गरेका छौँ…















You must be logged in to post a comment.