धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नेकपा (पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूह) ले भोलि विरोध सभा गर्दैछ ।
प्रतिनिधीसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न माधवकुमार नेपाल धनगढी पुगेका छन् । उनलाई स्वागत गर्न नेकपा सुदूरपश्चिम ईञ्चार्ज भीम रावल, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका नेता धनगढी विमानस्थल पुगेका थिए ।