‘बन्द गर्न पाइँदैन, बन्दले देश बन्दैन’ भन्दै ओली समूह पनि धनगढीका सडकमा

ओली समूह पनि धनगढीका सडकमा
प्रकाशित : :
धनगढीः  नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्ताल बन्दको विरोधमा धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ । धनगढी चौराहामा बन्दको विरोध गर्दै ओली पक्षीय नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।
उनीहरूले बन्दको विरोध गर्दै, बन्द गर्न पाइँदैन, बन्दले देश बन्दैन, षडयन्त्रकारी मुर्दावाद, प्रचण्ड माकुने मुर्दावाद लगायतका नारा सहित प्रदर्शन गरेका छन् ।
प्रहरी र बन्दकर्ताबीच धनगढीको ट्राफिक चौराहामा हात हालाहालको स्थिति सिर्जना भएको केही बेरपछि ओली समूहले सोही ठाउँमा बन्दको विरोध गर्दै प्रदर्शन र नाराबाजी गरेको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट