कैलाली: कैलालीको बौनियास्थित अवरुद्ध पारिएको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ।
बुधवार कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका परिवारजन तथा आफन्तले बिहीबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिए। तर आफन्तलाई नियमानुसार क्षतिपूर्ति दिने सहमतिपछि साँझ ६ बजेदेखि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि आवागमन प्रभावित भएको थियो। बुधवार ५ख८४०६ नम्बरको ट्रकले लु७८प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको थियो। दुर्घटनामा परि मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन। उनको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको थियो।