खुल्यो कैलालीको लम्कीचुहा-१० मा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग 

ट्रकको ठक्करबाट २ जनाको मृत्यु, लम्की स्थित राजमार्ग तनाव ग्रस्त
कैलाली: कैलालीको बौनियास्थित अवरुद्ध पारिएको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ।
बुधवार कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका परिवारजन तथा आफन्तले बिहीबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिए। तर आफन्तलाई नियमानुसार क्षतिपूर्ति दिने सहमतिपछि साँझ ६ बजेदेखि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि आवागमन प्रभावित भएको थियो। बुधवार ५ख८४०६ नम्बरको ट्रकले लु७८प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको थियो। दुर्घटनामा परि मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन। उनको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार