सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको सचेतना कार्यक्रम धनगढीमा सम्पन्न

जिल्ला ट्राफिक प्रहरी कार्यालयको सचेतना कार्यक्रम
प्रकाशित : :

धनगढी: जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको आयोजनामा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक सचेतनामुलक कार्यक्रम  सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडको प्रमुख आतिथ्य र जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीका प्रमुख अनुपम शमशेर जबराको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

कार्यक्रममा यातायात व्यबसायीहरु, जनप्रतिनिधीहरू, सरोकारवाल निकायहरु, ई-रिक्सा व्यवसायी तथा चालक र परिचालकहरु गरी एक सय भन्दा बढी जनाको उपस्थिति रहेको थियो ।

No description available.

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट