साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने एकजना पक्राउ

साइबर अपराध
सांकेतिक तस्बिर

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने व्यक्तिलाई नेपाल प्रहरीले प्रक्राउ गरेको छ । कपिलवस्तु वाणगंगा नगरपालिका–२ घर भई हाल रुपेन्देही जिल्ला सैनामैना नगरपालिका–६ बस्ने प्रज्वल पोख्रेललाई साइबर ब्यूरोले प्रक्राउ गरेको हो ।

प्रहरीले उनलाई विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा प्रक्राउ गरेको हो । साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार पोख्रेलले उक्त फेसबुक पेज मार्फत सर्वसाधारणसँग कुरा गर्ने र मान्छेहरुलाई साइबर ब्यूरो भोटाहिटी काठमाडौँबाट प्रहरीले कुरा गरेको जस्तो भान हुने गर्दथ्यो ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट प्रक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपेन्देहीको सहयोगमा फाल्गुन १३ गते प्रक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार