कञ्चनपुर: कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका कलम किन्न घरबाट करिब ४ सय मिटरको दुरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको बताए।
बलात्कार गरेको आरोप लागेका ३ जना युवाहरुको पहिचान खुलेको छैन। उनीहरु घटना लगत्तै फरार भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। धनगढीमा स्वास्थ्य परीक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।