कञ्चनपुरको पुनर्वासमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार !

तीन आरोपित फरार

बलात्कार
प्रतिकारात्मक तस्बिर

कञ्चनपुर: कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका कलम किन्न घरबाट करिब ४ सय मिटरको दुरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको बताए।

बलात्कार गरेको आरोप लागेका ३ जना युवाहरुको पहिचान खुलेको छैन। उनीहरु घटना लगत्तै फरार भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। धनगढीमा स्वास्थ्य परीक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार