काठमाडौं: सोर्सकोड दुरुपयोग गरेको आरोपमा प्रिफेस टेक्निोलोजी प्रालि बुटवलका तीनजना सञ्चालक पक्राउ परेका छन्।
साइबर ब्यूरोले प्रिफेस टेक्नोलोजीका सञ्चालकत्रय ३९ वर्षीय विमल केसी, ४० वर्षीय श्यामबहादुर चौधरी र ३६ वर्षीय शंकर ज्ञवालीलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीन जनाले नेसनल सफ्टवयेर एण्ड आइटी सोलुसन प्रालिको सफ्टवयेरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तन गरेर प्रिफेस टेक्निोलोजी सञ्चालन गरेको ब्यूरोको आरोप छ।
प्रिफेसले नेसनल सफ्टवयेरको सोर्स कोड र युजर इन्टरफेस दुरुपयोग गरेको पाइएकाले पक्राउ परेका तीन जनाविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा म्याद थप गरेर अनुसन्धान गरिने ब्युरोका प्रवक्ता नवीन्द अर्यालले जानकारी दिए।