सोर्सकोडको दुरुपयोग गर्ने प्रिफेस टेक्नोलोजीका ३ सञ्चालक पक्राउ

पक्राउ

काठमाडौं: सोर्सकोड दुरुपयोग गरेको आरोपमा प्रिफेस टेक्निोलोजी प्रालि बुटवलका तीनजना सञ्चालक पक्राउ परेका छन्।

साइबर ब्यूरोले प्रिफेस टेक्नोलोजीका सञ्चालकत्रय ३९ वर्षीय विमल केसी, ४० वर्षीय श्यामबहादुर चौधरी र ३६ वर्षीय शंकर ज्ञवालीलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीन जनाले नेसनल सफ्टवयेर एण्ड आइटी सोलुसन प्रालिको सफ्टवयेरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तन गरेर प्रिफेस टेक्निोलोजी सञ्चालन गरेको ब्यूरोको आरोप छ।

प्रिफेसले नेसनल सफ्टवयेरको सोर्स  कोड र युजर इन्टरफेस दुरुपयोग गरेको पाइएकाले पक्राउ परेका तीन जनाविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा म्याद थप गरेर अनुसन्धान गरिने ब्युरोका प्रवक्ता नवीन्द अर्यालले जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार