चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी BYD ले धनगढीमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ। बोराडाँडीस्थित आर्मी ब्यारेक नजिक स्थापना गरिएको शोरूमको भव्य उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा द्वारा सञ्चालनमा ल्याइएको यो शोरूम BYD का सवारी साधनहरूको आधिकारिक विक्रेता केन्द्रका रूपमा स्थापना गरिएको हो।

नयाँ शोरूममार्फत कम्पनीले नेपाली बजारमा आधुनिक प्रविधियुक्त इलेक्ट्रिक सवारी साधनको पहुँच अझ विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। ग्राहकलाई नवीनतम प्रविधि, स्मार्ट फिचर तथा उत्कृष्ट ड्राइभिङ अनुभव उपलब्ध गराउने उद्देश्यका साथ शोरूम सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।
“Experience the Extraordinary” भन्ने नारालाई आत्मसात गर्दै BYD ले नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण र विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ।








You must be logged in to post a comment.